पुँजी वृद्धिको लागि अन्यलाई दवाब, राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड मात्रै

लोकपथ
0
Shares

काठमाडौं । ऐन, कानुन, नियम भनेको समानताको लागि हो । यो सबैलाई समानरुपमा लागू हुनुपर्छ । तर बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिती भने यसमा निरन्तर चुक्दै आएको छ । समितीले पहुँच र शक्तिको आडमा नीजि बीमा कम्पनीहरुलाई सामान्य गल्तीमा जरिवाना तिराएर कारबाही गरेको लगायतका विषयहरुमा विज्ञप्ती नै जारी गरेर आफ्नो काम देखाउँदै आएको छ ।

तर सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको हकमा भने बीमा समिती निरीह देखिएको छ । बीमा समितीले २०७८ चैत्र १० गते परिपत्र जारी गर्यो । उक्त परिपत्र अनुसार २०७९ चैत्र मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँलाई वृद्धि गरी दुई अर्ब ५० करोड रुपैयाँ पुरयाउनु पर्ने छ ।

समितीको उक्त निर्देशन अनुसार बीमा कम्पनीहरुले २०७८ चैत्र १० गतेको मितीले ३० दिन भित्र न्यूनतम चुक्ता पुँजी वृद्धि सम्वन्धी योजना समितिमा पेश गरिसक्नु पर्ने थियो ।

तर राष्ट्रिय बीमा कम्पनीको हकमा भने समितीको यी कुनै नीति निर्देशनहरुले काम गरेको छैन । नीजि बीमा कम्पनीहरुलाई तोकिएको समयमा न्युनतम चुक्ता पुँजी कायम गर्न, पुजी वृद्धिको योजना पेश गर्न र यदि त्यसो गर्न नसके मर्जरमा जान निरन्तर दवाब दिइरहेको बीमा समिती त्यसमाथि पनि बीमा समितीका अध्यक्ष सुर्यप्रसाद सिलवाल सरकारी र नीजि क्षेत्रद्वारा सञ्चालित बीमा कम्पनीहरुको हकमा निकै नै पूर्वाग्रही देखिएका छन् ।

बीमा समितीको २०७८ चैत्र १० गतेको निर्देशन अनुसार अबको एक बर्षमा राष्ट्रिय बीमा कम्पनीले न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने छ ।

तर आजको दिनसम्म उक्त कम्पनीले कुनै पनि किसिमको पुँजी वृद्धिको योजना पेस गरेको छैन । राष्ट्रिय बीमा कम्पनी स्वंमले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८-०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी हाल २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समितीले तोकेको चुक्ता पुँजी कायम गर्नको लागि राष्ट्रिय बीमा कम्पनीलाई दुई अर्ब २४ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिएको छ । तर अहिलेसम्म पनि कम्पनीले यसतर्फ कुनै योजना नै पेश गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?