२१ आश्विन २०७९, शुक्रवार

एन्फाको टेक्लिकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई, अरु क–कसले पाए जिम्मेवारी ?

२०७९,श्रावण,३१,मंगलवार १७:१३

0
Shares

काठमाडौं । आगामी भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक मूल समितिले टेक्निकल कमिटीको जिम्मेवारी पूर्व उपाध्यक्ष कृष्ण थापालाई दिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले प्रतियोगिताका लागि विभिन्न कमिटी गठिन गरी सबै कमिटीको संयोजकसमेत चयन गरेको हो ।

एन्फाले यसअघि नै रविन्द्र चन्दलाई ‘भेन्यु म्यानेजर’ र विजय घलेलाई स्थानीय आयोजक संयोजकको रुपमा चयन गर्दा दिनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख र सन्जिव सिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ तथा डिजिटल राइट् संयोजकको रुपमा चयन गरिसकेको छ ।

बैठकले प्रतियोगिताको टिकटका लागि पुनः टेन्टर आह्वान गर्ने निर्णयसमेत गरेको छ । जसको न्युनतम मूल्य २५ लाख रहेको छ । साफको टिकट मूल्य यस अघिनै ३०० र ५०० तोकिएको छ ।

कुन कमिटीको कसले के पाए नेतृत्व?

  • हस्पिटालिटी कमिटी : मनिस जोशी
  • स्वास्थ्य कमिटी : रमेश व्यन्जनकार
  • होटेल तथा यातायात कमिटी ; पुरुषोत्तम थापा
  • टेक्निकल कमिटी : कृष्ण थापा
  • रेफ्री कोर्डिनेटर कमिटी : बुद्धि गुरुङ
  • कार्यक्रम कमिटी : विकासनारायण श्रेष्ठ
  • प्रचार कमिटी : सुरेश साह
  • नेपाली राष्ट्रिय टिम व्यवस्थापन कमिटी : सरिला श्रेष्ठ

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीवार राति वर्षा

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १-० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयको

काठमाडौं । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ । समूह ए अन्तर्गतको

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४