२१ आश्विन २०७९, शुक्रवार

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : केपी ओली

२०७९,श्रावण,३१,मंगलवार १७:०३

36
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् ।

महिला जागरण र महिला सशक्तीकरणलाई गलतरुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा जोड दिए । महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउँदै अध्यक्ष ओलीले महिलालाई राजनीतिमा आउन हौसाए । महिलाले राजनीति नगरे आधा समाजले राजनीति नगर्ने उनको भनाइ छ ।

राजनीतिप्रति घृणा गर्नु भनेको देश बनाउने कुरालाई घृणा गर्नु रहेको भन्दै उनले राजनीति देश बनाउने र जनताको समस्या समाधान गर्दै समृद्धि गर्ने विषय रहेको दाबी गरे ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय

काठमाडौं । नेकपा एमालेले बारामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीवार बिहान जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा

काठमाडौं । सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस भित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेकाे शेखर कोइराला समूहको भेला दिउँसो २ बजे बस्ने भएको छ ।

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५