कांग्रेसले गर्‍याे निर्वाचन आयोगमा दल दर्ता

लोकपथ
247
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आजसम्मको दल दर्ताको समयसीमा दिएको थियो । दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।

निर्वाचन आयोगमा कांग्रेसले राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ७१ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार अपराहन्न पाँच बजेसम्म राजनीतिक पार्टीहरुले आयोगमा पुगेर दल दर्ता गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?