१७ चैत्र २०७९, शुक्रवार

लेनदेनको विवादमा दम्पतिको हत्या, छोरा काटिए

२०७४,आश्विन,३०,सोमवार १६:३४

0
Shares

 दैलेख, ३० असोज – भगवतीमाई गाउँपालिका–७ का एक दम्पतीको आइतबार राति हत्या गरिएको छ ।सामान्य लेनदेनको विषयमा विवाद हुँदा ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । बाबुआमाको झगडामा अनाहकमै जयबहादुरका १६ वर्षीय छोरा दीपकलाई समेत धारिलो हतियारले काटिएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ ।दम्पती हत्यामा भगवतीमाई गाउँपालिकाकै छिमेकी २१ वर्षीय मोहन खड्का संलग्न रहेको आरोप जिल्ला प्रहरी कार्यालयले लगाएको छ । उलाई पक्राउ गरिएको छ । छिमेकी घर जोडिएको सिंह दम्पतीलाई लेनदेनको विषयलाई लिएर आइतबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा अभियुक्त खड्काले बयान दिएको प्रहरी प्रमुख सरोज पौडेलले बताए ।जयबहादुरले विभिन्न स्थानमा लगेर काममा लगाउने र पैसा माग्न जाँदा उल्टो गाली गर्ने गरेपछि विवादको शुरुआत भएको थियो । बयानका क्रमममा छोरी बिरामी भएपछि श्रीमतीलाई पैसा माग्न पठाएका बेला श्रीमतीलाई उल्टो गाली गरेपछि आफू आक्रोशमा आएको र पहिला जयबहादुरले आफ्नो हातमा हतियारले हानेपछि आफूले पनि हँसियाले हानेको खड्काले स्वीकार गरेको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १६:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८