कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत, देउवाले दिए चार नेतालाई भाग

लोकपथ
299
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । देउवाले मंगलबार १० जना महिलालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेस केन्द्रीय समितिमा ४३ जना महिलाको उपस्थिति थियो । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका सभापति देउवाले मंगलबार शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् ।

मनोनीत हुनेमा केन्द्रीय सदस्यमा पराजित हुनेदेखि क्षेत्रीय सभापतिमा पराजितसम्म समेटिएका छन् । कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत हुनेमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

१४औँ महाधिवेशनबाट निर्वाचित भएर आएसँगै पार्टीभित्र एकलौटी निर्णय गरेको आरोपछि सभापति देउवाले संस्थापन इतरका नेताहरुलाई भागबण्डा मिलाउन केन्द्रीय सदस्यहरु मनोनीत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?