दुर्घटनामा ज्यान गुमाएका तीन जनाको परिवारलाई एनआईसी एशियाले दियो बीमा रकम

लोकपथ
195
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा खाता खोलेका तीन जना ग्राहकहरुको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । दुर्घटनामा परि मृत्यु भएका ग्राहकहरुको परिवारलाई बैंकले प्रतिव्यक्ती १० लाखका दरले ३० लाख रुपैयाँ प्रदान गरेको हो ।

बीमा लाभ प्राप्त गर्नेहरुमा बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एमवेस्डर बचत खाता खोलेका स्वर्गीय शिव प्रसाद सुवेदीका तर्फबाट उनकी श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्वर्गीय टंक प्रसाद घिमिरेकी श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्वर्गीय ज्ञान बहादुर चौधरीकी श्रीमती अनिता चौधरी रहेका छन् ।

मृतक खातावालहरुले इच्छाएका व्यक्तीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले छुट्टाछुट्टै कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?