निर्वाचन आयोगमा ७१ दल दर्ता

लोकपथ
0
Shares

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रकृया जारी छ । निर्वाचन आयोगले साउन १९ देखि ३१ गते आज सम्मका लागि खुल्ला गरेको दल दर्ता प्रकृया अन्तर्गत पौने ४ बजेसम्म ७१ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार सत्तारुढ दल नेपाली कांग्रेससहितले निर्वाचन प्रयोजनार्थ दल दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा आबद्ध अन्य पार्टीहरुले भने दल दर्ता गराईसकेको उनको भनाई छ । पौडेलका अनुसार अपराहन्न पाँच बजेसम्म राजनीतिक पार्टीहरुले आयोगमा पुगेर दल दर्ता गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?