प्रतिनिधिसभाबाट प्रत्यायन विधेयक पारित

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको प्रत्यायन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार छलफल भएको छ ।

छलफलमा सहभागी सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए । प्रतिनिधि सभाको अर्काे बैठक २ भदौ बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?