माओवादीको चुनाव चिह्नबाट लड्ने भएपछि वामदेव पुगे निर्वाचन आयोग

लोकपथ
130
Shares

काठमाडौं । माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा सहभागि हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् । नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई हंसियाहथौंडामा चुनाव लड्न दिने सहमति दिएको थियो ।

पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको हो । वामदेव गौतमले आगामी मंसिर ४ गते हुने निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हंसियाहथौंडा लिएर उठ्ने भएका छन् ।

२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए । एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?