जुम्लाका पर्यटकीय तथा धार्मिक स्थलमा मष्टोमा मेला सुरू

लोकपथ
299
Shares

जुम्ला । जुम्लाका पर्यटकीय तथा धार्मिक महत्व बोकेका मष्टोहरूमा मेला सुरू भएको छ । कोरोना महामारीका कारण रोकिएका मेला यसपटक भने धुमधामसँग हुने भएको छ । चन्दननाथ नगरपालिका–४ का देवीप्रसाद सिम्खाडाका अनुसार जनैपूर्णिमाको अघिल्लो दिन मालिका चौद्धशीमा मालिका माईको पुजा गरी त्यही दिनदेखि सबै ठाउँका देवी देवताहरुको पुजाआजा सुरू हुने चलन छ ।

चन्दननाथ भैरवनाथ गुठी संस्थान जुम्लाका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार मष्टोसहितका देवताको पुजाआजा सुरू भएको हो । यस क्षेत्रमा बाह्र भाई मष्टो, बाबिरा, महादेव, भैरवनाथ, कैलाश, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेव, दुर्गा भवानीसहितका दर्जनौं देउताको पुजाआजा हुन्छ ।

मनोकामना पूरा गर्ने, सोचेको पुग्ने भएका कारण यहाँका देवी देवता र मष्टोहरूमा भाकल गर्न आउनेहरूको घुँइचो लाग्छ । मेलाका क्रममा यहाँका मन्दिर तथा थानमा पुजा गर्ने, नयाँ ध्वजापतका लगाउने गरिन्छ । हिमा गाउँपालिका–१ का कालासिल्लाका पुजारी वीरबहादुर शाहीले पुजाआजा अब कार्तिक पूर्णिमासम्म चल्ने बताए । जुम्ला मष्टो परम्परासहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?