‘जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्ति युरोपकै लागि धम्की’

लोकपथ
112
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी युक्रेनमा रुसी नियन्त्रित जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्तिले सम्पूर्ण युरोपलाई धम्की दिएको टिप्पणी गरेका छन् ।

‘प्लान्टको आवरणअन्तर्गत अतिक्रमणकारीले नजिकैका शहर र समुदायमा गोलाबारी गरिरहेका छन्’, जेलेन्स्कीले आफ्नो नियमित सम्बोधनमा भने । ‘जापोरिज्जियामा कुनै पनि विकिरण घटनाले युरोपेली संघ, टर्की, जर्जिया र धेरै टाढाका क्षेत्रहरूका देशहरूलाई असर गर्न सक्छ ।’

उनले अगाडि भने, ‘रुसको कार्यले विपत्ति निम्त्यायो भने त्यसको नतिजा अहिलेसम्म मौन रहनेहरूलाई पनि पर्न सक्छ ।’

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?