१० आश्विन २०७९, सोमवार

‘नचिनेको मान्छेसँग जाँदिनँ’ पुस्तक सार्वजनिक

२०७९,श्रावण,३१,मंगलवार १४:४३

90
Shares

काठमाडौं । बालबालिकालाई सचेत गराउने उद्देश्यका साथ ‘नचिनेको मान्छेसँग जाँदिनँ’ पुस्तक सार्वजनिक भएको छ । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भनेर चेतना जगाउन बाल चित्रपुस्तक कथालयइन्कले प्रकाशन गरेको छ । चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैले चित्र बनाएकी छन् ।

जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले अनुवाद गरेकी हुन् । यो साराको कथा हो । उनलाई आमाबाबाले चिनेका मान्छेको मात्रै विश्वास गर्नु भनेका हुन्छन् ।

 

एक दिन स्कुल छुट्टी भएपछि उनी कसैको पर्खाइमा हुन्छिन् । विभिन्न महिला र पुरुषहरू सारालाई ‘आऊ म घर पुर्याइदिन्छु’ भनेर आग्रह गर्छन् तर उनी मान्दिनन् । छिमेककै काकीसँग पनि उनी जान मान्दिनन् बरु भिजेरै बस्छिन् । किनभने साराका आमाबाबाले केही मानिसको सूची बनाएका छन् ।

सूचीमा भएका मानिसले मात्रै सारालाई स्कुल छुट्टी भएपछि घर लिएर जान सक्छन् । उनलाई फकाउने मानिसहरूबारे साराको मनमा के खेल्छ ? के सारालाई लिन सूचीमा भएकै मान्छे आउलान् कि ? यस्तै जिज्ञासाले भरिएको तथा सूचनामुलक कथा निकै रोचक छ । बालबालिकामा आत्मविश्वास जगाउनुका साथै यो कथाले बाल मनोविज्ञानलाई पनि कलात्मक ढंगले समेटेको छ ।

लेखक तथा चित्रकार ग्याइस्लरको जन्म १९५८ मा भएको हो । १९८४ मा स्नातक सकेर उनले विभिन्न प्रकाशन गृहमा ग्राफिक डिजाइननिङ र चित्रकारको रूपमा काम गरिन् । १९८७ मा आफ्नो पहिलो बाल पुस्तकमा चित्र बनाएकी उनी हालसम्म बाल पुस्तकका साथै कमिकमा पनि चित्रकारका रूपमा सक्रिय छिन् ।

उनका सचित्र पुस्तकले संवेदनशील मुद्दाको पनि उठान गर्छन्, जस्तो ‘नचिनेको मान्छेसँग जाँदिनँ’ । यसका साथै शैक्षिक चेतना र उत्साहलाई पनि उनले आफ्ना कथामा जोड दिन्छिन् । उनको ‘माई बडी बिलङ्स टु मी फ्रम माई हेड टु टोज’ र ‘माई फिलिङ्स एन्ड मी’ ले जर्मन मेडिकल वुमन्स एसोसिएसनबाट सिल्भर फेदर चिल्ड्रेन्स बुक पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको

काठमाडौं । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार

काठमाडौं । नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् । आगामी २५ अक्टोबर,

काठमाडौं । प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमवार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभ मुहूर्तसँगै

ताजा समाचार

ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ
 २०७९,आश्विन,१०,सोमवार १९:१०