जम्मू कश्मीरमा भारतीय प्रहरी सवार बस दुर्घटना : ६ जनाको मृत्यु, ३० जना घाइते

लोकपथ
195
Shares

काठमाडौं । भारतको जम्मू कश्मीरको पहलगाममा बस दुर्घटना भएको छ । दुर्घटना भएको बसमा भारतीय प्रहरी सवार थिए ।

दुर्घटनामा ६ जना प्रहरीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घटनास्थलमा १९ वटा एम्बुलेन्स तैनाथ छन् र उद्धार कार्य जारी रहेको छ ।

ब्रेक फेल भएर बस खाल्डोमा खसेको जनाइएको छ । सबै प्रहरी अमरनाथ यात्राको ड्युटीमा रहेको बताइएको छ । अमरनाथ यात्रा समाप्त भएपछि जवानहरू फर्किरहेका थिए। यसैबीच ब्रेक फेल भएर बस नदीमा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?