सर्लाही । स्रोत नखुलेको ३६ लाख र सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् ।
उनीहरुको साथबाट २ सय ३३ ग्राम २ सय ८० मिलिग्राम तौल बराबरको एक थान सुनको सिक्री र एक थान ब्रास्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुनसहित फेला पारी पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया