विवेकशील साझाले गर्‍याे निर्वाचन आयोगमा दल दर्ता

लोकपथ
117
Shares

काठमाडौं । निर्वाचन आयोगमा विवेकशील साझा पार्टी दर्ता भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभासदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबार निर्वाचन आयोगमा दल दर्ता भएको हो ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा मंगलबारबाट समाप्त हुँदैछ । आयोगमा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहित नेताहरू दल दर्ताका लागि आयोगको कार्यालयमा पुगेका थिए ।

आइतबार विवेकशील साझाले अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो । यसअघि अध्यक्षबाट रवीन्द्र मिश्रले दिएको राजीनामा पनि स्वीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?