१७ आश्विन २०७९, सोमवार

अपर तामाकोशी १ अर्ब ८७ करोड रुपैयाँ घाटामा

२०७९,श्रावण,३१,मंगलवार १३:५२

99
Shares

काठमाडौं । आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा अपर तामाकोशी हाइड्रोपावर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानमा गएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ५ करोड ४३ लाख ३ हजार रुपैयाँ नोक्सानमा थियो ।

यता, यसअवधिमा विद्युत बिक्रीबापत नेपाल विद्युत प्राधिकरणलाई ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँको बिल पेस गरेकामा ५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ मात्र प्राप्त भएकोे छ । यस अवधिसम्ममा अपर तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन ऋण ५ अर्ब ६२ करोड रुपैयाँ बताइएको छ । अघिल्लो वर्षको तुलनामा दीर्घकालीन र अल्पकालीन दुवै ऋणमा वृद्धि भएको हो ।

अघिल्लो वर्ष दीर्घकालीन ऋण ४० अर्ब ५८ करोड र अल्पकालीन ऋण ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । कम्पनीको वित्तीय लागत उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्र रहेको वित्तीय लागत अहिले ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक छ । अपरले भदौ ३ गते बस्ने वार्षिक साधारण सभामा हाल कायम पुँजीमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने एजेन्ड पेस गर्दै छ ।

उक्त हकप्रद निष्कासन भएमा यसको पुँजी २१ अर्ब बढी हुनेछ । असार मसान्तसम्म अपर तामाकोशी प्रतिसेयर १७ रुपैयाँ ६९ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १३:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९