राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र प्रतिनिधि सभामा पेस

लोकपथ
117
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पढेर सुनाइएको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभाका सचिव करविरनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोईरालाले पठाएको पत्र पढेर सुनाएका हुन् ।

पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ । प्रतिनिधि सभाको २०७९ साउन ६ गतेको बैठकबाट समेत पारित भइ सम्माननीय सभामुखज्यूबाट प्रमाणित भइ प्रमाणीकरणका लागि पेस भएको थियो ।

प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार हुन वाञ्छनीय भएको राष्ट्रपतिले पठाएको पत्रमा भनिएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्णय भएको व्यहोराको राष्ट्रपतिले पठाएको पत्रमा लेखिएको कुरा प्रतिनिधिसभाका सचिव करविरनाथ योगीले पढेर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?