बैंक अफ काठमाण्डू र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता

लोकपथ
143
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यो सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशतको छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नका लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगञ्जबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । भने हालसम्म बैंकले १ सय ३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?