अमेरिकी सेना नेपाल आएको भन्दै संसदमा सरकारको जवाफ माग

लोकपथ
299
Shares

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि सुरु भएको संयुक्त तालिमको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ । अमेरिकी सेनाले नेपालमा सको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् ।

‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे । अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित हिजो नेपाल आइपुगेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?