बिरामीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जेल चलान गरिएका अमेरिकी चिकित्सक मृत फेला

लोकपथ
182
Shares

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन । तर, आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रुसियानीलाई न्युयोर्क शहर, फिलाडेल्फिया र न्यु जर्सीका विभिन्न कार्यालयहरूमा आफ्ना बिरामीहरूलाई दुर्व्यवहार गरेको संघीय आरोपमा जनवरीमा मुद्दा चलाउने तयारी थियो । उसलाई अर्को महिना न्युयोर्क राज्यको मुद्दामा पनि सजाय सुनाइने भएको छ ।

६ जना महिलाको उजुरीपछि भएको सुनुवाइमा उनीमाथि यौन दुर्व्यवहार, बलात्कार र अन्य अपराधहरूमा जुलाई १२ मा दोषी ठहरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?