१७ आश्विन २०७९, सोमवार

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

२०७९,श्रावण,३१,मंगलवार ११:५१

45
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

सोमबारदेखि जारी केन्द्रीय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् काठमाडौंका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन् । उनले मेयर शाहले पनि एकवर्ष भित्र फोहोर ब्यवस्थापनका लागि दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड गरेका छन् ।

‘काठमाडौंका मेयर केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ’ थापाले लेखेका छन्, ‘त्यतिञ्जेल विगतमाझैं सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार ११:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिंदै उनले

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर बन्दसूची संशोधन गरेको हो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५