संयुक्त रुपमा दल दर्ताका लागि प्रचण्ड र बाबुराम निर्वाचन आयोग जाँदै

लोकपथ
52
Shares

काठमाडौं । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न माओवादी केन्द्र आज निर्वाचन आयोग जाँदैछ ।

आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका हुन् ।

निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबार (आज) सम्म दल दर्ता गर्ने समय दिएको थियो ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि आज सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् । आज नै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?