१७ आश्विन २०७९, सोमवार

लिभरपुलको दोस्रो बराबर

२०७९,श्रावण,३१,मंगलवार ११:०२

135
Shares

काठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।

यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे ।

खेलको ६१औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । लगातार दोस्रो बराबरसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ । यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीमा रोकिएको थियो ।

यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६औँ स्थानमा छ ।

 

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार ११:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ

काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको

हिन्दुहरूको महान् चाड दसैँको रमझम सुरु भइसकेको छ । दसैँले दिने आनन्द अलग्गै किसिमको हुने गर्छ । त्यसैले सहर पुगेकाहरू

ताजा समाचार

घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००