राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजपनि बस्दै

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य समितिको बैठक आजपनि बस्नेछ । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले आजपनि धारणा राख्नेछन् ।

जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदनमाथि टिप्पणी हुनेछन् ।

महामन्त्री राजाराम बर्तौलाकाअनुसार बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?