२० माघ २०७९, शुक्रवार

आज प्रतिनिधि सभाको बैठक बस्दै

२०७९,श्रावण,३१,मंगलवार १०:३८

54
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधि सभाका सचिवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउने कार्यसूची छ ।

सभामुखले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने, अर्थमन्त्री जनार्दन शर्माले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आज नै राष्ट्रिय सभाको सन्देश सहितको ‘प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको ‘प्रत्यायन विधेयक, २०७८’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १०:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२