वृज सिमेन्टकाे पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर

लोकपथ
91
Shares

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले श्रावणको अन्तिम सोमवार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई एक सय ५० जना स्वयंमसेवकहरुद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको थियो । पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा , दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब दुई हजार धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

श्रावण महिनाको सोमबार देशभरका महादेब  मन्दिरहरुमा पुजा अर्चना गरिन्छ । सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशीलगायत देशभरका विभिन्न स्थानमा पुजा अर्चना गरिएको हो । वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको बार्षिक कार्यक्रम अन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?