१० आश्विन २०७९, सोमवार

जुम्ली खस भाषाको अभिलेखिकरण गरिँदै, २४ स्वर र ४१ व्यन्जनवर्ण हुने

२०७९,श्रावण,३०,सोमवार २१:५५

18
Shares

जुम्ला । जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो ।

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिकाअध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरू भएको छ । आयोगको टोली जुम्लाको सिंजामा पुगेर पाँच वटा खस लिपीको मानक प्रमाणीत गरेको छ ।’

अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको छ । अब स्थानीय तह र सरोकारवालहरूको बैठक बसेर थप छलफल गर्न जोड दिएको छ । अब खस भाषाको लिपी भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्यूटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिँजामै प्रशिक्षण सञ्चलन गर्ने कार्यक्रमसमेत राखिएको गाउँपालिकाले जनाएको छ ।

२४ स्वर र ४१ वटा व्यन्जनवर्ण टुंगो लाग्यो

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खस भाषा अभिलेखिकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताए । खस भाषा अभिलेखिकरणका लागि राष्ट्रपतिकोमा प्रतिवेदन समेत पठाइएको छ । अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारिसकेको छ । उनले भने, ‘वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरूबाट सहयोग प्रदान भएको छ ।’

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार २१:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो

काठमाडौं । योग प्रेमी परिवार नेपालको दोस्रो वार्षिक साधारण सभाले भीम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा योग

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८