तीजको अवसरमा सानिमा बैंकको कोसेली, खाता खोल्दा सिमदेखि डलर कार्डसम्म उपहार

लोकपथ
78
Shares

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर सानिमा बैंकले सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै तीजमा सानिमा बैंकमा नारी बचत खाता खोल्ने सम्पूर्णलाई कोसेली दिने बताएको हो ।

बैंकले दिएको सूचनामा उल्लेख भएअनुसार उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट तथा क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, अमेरिकी डलर इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ ।

साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सकिने व्यवस्था सहितको कोसेली ल्याइएको बैंकको भनाई छ । यसैगरी पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने पनि सानिमा बैंकले जनाएको हो । यो योजना २०७९ भदौ १ गते देखि १५ गतेसम्म लागू हुनेछ भने क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकका नायब प्रमुख निक्षेप अधिकृ हेमराज संज्यालले बताए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २७ वटा कार्यालय तथा १ सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?