समृद्धि फाइनान्सले गर्‍यो हेटौँडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण

लोकपथ
65
Shares

काठमाडौं । समृद्धि फाइनान्सले हेटौँडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौँडा उ.म.न.पा.वडा न.१ मा रहेको श्री अमर माध्यमिक विद्यालय, काठमाडौंको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल वडा न.११ मा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रमअन्तर्गत दुई सय ७० जना विधार्थीहरुलाई एक हजार तीन सय ५० थान कापी र दुई सय ७० थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले श्रावण २५ गते नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा पनि शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?