१७ आश्विन २०७९, सोमवार

बागमती प्रदेश प्रमुख शर्माद्वारा ३ वटा विधेयक स्वीकृत

२०७९,श्रावण,३०,सोमवार १७:४६

45
Shares

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले सोमबार नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभा बैठकबाट पारित भई आएको विभिन्न ३ वटा विभिन्न विधेयकलाई प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यकाअनुसार प्रदेश प्रमुख शर्माले प्रदेशसभा सचिवालयबाट प्रमाणीकरणको लाग प्राप्त भएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ लाई प्रमाणीकरण गरेका छन् ।

त्यस्तै, प्रदेश प्रमुख शर्माले प्रदेश अनुसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक–२०७९ लाई प्रमाणीकरण गरेका प्रवक्ता आचार्यले बताए । प्रमाणीकरण भएका विधेयकहरु आगामी केही दिनमा नै राजपत्रमा प्रकाशन हुने र कार्यान्वयनको चरणमा जाने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयले सो विधेयकहरुलाई राजपत्रमा प्रकाशनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने जनाएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । गोरखाका मतदातालाई धन्यवाद दिंदै उनले

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर बन्दसूची संशोधन गरेको हो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५