२१ आश्विन २०७९, शुक्रवार

बुर्किना फासोमा सेनाद्वारा ४० सर्वसाधारणको हत्या : अधिकारवादी समूह

२०७९,श्रावण,३०,सोमवार १५:५९

117
Shares

काठमाडौं । बुर्किना फासोका अधिकारवादीले सेनाले देशको उत्तरमा ४० भन्दा बढी सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् । द कलेक्टिभ अगेन्स्ट इम्युनिटी एन्ड स्टिग्मेटाइजेसन अफ कम्युनिटीजले अपहरणका धेरै घटनाहरू पछ्याएको सारांशमा मृत्युदण्ड दिइएको जनाएको छ ।

टाफोगो र बोरुम बीचको सडकमा हात बाँधिएको अवस्थामा मृतकको शव फेला परेको बताइएको छ । अर्को अधिकारवादी समूह अब्जर्भेटरी अफ ह्युमन डिग्निटीले अधिकांश पीडित अर्धघुमन्ते फुलानी समुदायको रहेको जनाएको छ । अधिकार दुरुपयोग गरेको भन्ने आरोपलाई बुर्किना फासोको सेनाले अस्वीकार गरेको छ ।

घटना यस महिनाको सुरुमा टुगौरीको टाफोगो गाउँमा भएको हो । अलकायदा लडाकु वा इस्लामिक स्टेट समूहसँग बुर्किना फासोको सेनाले युद्ध गरिरहेको छ । सशस्त्र समूहको हमलामा दुई हजार जनाको मृत्यु हुनुका साथै १.९ मिलियन मानिस आफ्नो घर छाड्न बाध्य छन् ।

एजेन्सी

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीवार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने

काठमाडाैं । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गार्डहरूले

काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४