यी हुन् राष्ट्रपतिले फिर्ता पठाएको विधेयकमाथिका १५ बुँदे सन्देश (पूर्णपाठसहित)

लोकपथ
195
Shares

काठमाडौं । संघीय सदन अन्तर्गतका प्रतिनिधि र राष्ट्रिय सभा पारित भइ प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार १५ बुदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक तथ्य तर्क र संवैधानिक आधारलाई टेकेर विधेयक फिर्ता गरिन् । विधेयक फिर्ता गरिएसंगै विभिन्न कोणबाट प्रतिक्रिया आइरहेका छन् । राष्ट्रपतिले विधेयक संसदमा फिर्ता पठाएपछि यसबारे दुईखाले तर्कहरु आइरहेका छन् ।

कतिपयले स्वभाविक प्रक्रिया भन्दै उक्त कदमको स्वागत गरेका छन् । सत्ता पक्षले राष्ट्रपतिको कदमको आलोचना गरेको छ भने, प्रतिपक्षी नेकपा एमाले, राप्रपा नेपाललगायतका दलले यसलाई स्वागतयोग्य कदम भएको जनाएका छन् ।
राष्ट्रपतिले १५ बुँदे सन्देशसहित नागरिकतासम्बन्धी विधेयक संसदसमक्ष फिर्ता पठाएकी हुन् ।

यसबारे सर्वत्र चासो भइरहेका बेला आफ्नो सन्देशमा उनले केपी ओलीका पालाको अध्यादेश किन प्रमाणीकरण गरियो र अहिलेको विधेयक किन फिर्ता गरियो भन्नेबारे जवाफ दिने प्रयाससमेत गरेकी छिन् । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि प्राप्त भएको १५ दिनसम्म राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेर राखेकी थिइन् ।

फिर्ता पठाएको नागरिता विधेयकमाथि केके विषयवस्तु औल्याइएका छन् । उठेका प्रश्नहरुबारे सर्वत्र चासोको रुपमा लिइएको छ ।

सन्देशसहितको पूर्णपाठ हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?