२१ आश्विन २०७९, शुक्रवार

वर्तमान सरकार मंसिर ८ गतेसम्म मात्रै रहन्छ : प्रधानमन्त्री देउवा

२०७९,श्रावण,३०,सोमवार १५:२३

369
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताए ।

उनले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्ने आजको आवश्यक्त रहेको बताए । प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोबास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजि गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको बताए । प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै खुशी व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को पनि शुभारम्भ गरेका थिए ।

उनले भने, ‘भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्रको संरक्षण र संवद्र्धनको क्षेत्रमा प्रतिष्ठान क्रियाशील रहेको छ । यसरी प्रतिष्ठानले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्टिय समान प्रकृतिका प्रतिष्ठानसमेत संस्थागत रुपमा साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यमा साहित्यिक, सांस्कृतिक पक्षलाई अघि बढाउन लागेको छ । आगामी दिनमा पनि यसलाई बिस्तार गर्दै लैजानुपर्ने खाँचो छ । कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना हुन् । समग्र देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मुलतः कुरा भनेको यस देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास दर्शन, सामाजिक शास्त्र आदि नै हुन् । अतः यी क्षेत्रको विकास भए देशको सम्पूर्ण विकास हुनेछ । देशको साहित्यिक, सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्नेछ । उपत्यकाभित्र बसोवास गर्ने, प्रत्येक जाति, संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा हुन् । यिनको खोजि र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो । जहाँसम्म प्रज्ञा प्रतिष्ठानको मंसिरसम्म म्याद छ । हाम्रो त मंसिर ८ गते गइहाल्छ, हेर्नुहोस् त्यस्तो छ ।’

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १५:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरीएको छ । सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बिहीबार बाहिरीएको जसपा अब

लमजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय

काठमाडौं । नेकपा एमालेले बारामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीवार बिहान जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा

काठमाडौं । सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४