२१ आश्विन २०७९, शुक्रवार

सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध छैन : इरान

२०७९,श्रावण,३०,सोमवार १४:५२

99
Shares

काठमाडौं । इरानले सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध नभएको जनाएको छ । बरु, उसले रुस्दीलाई दोषारोपण गरेको छ । ७५ वर्षीय रुस्दी शुक्रबार न्युयोर्क राज्यमा आयोजित एक कार्यक्रममा छुरा प्रहारमा परेका थिए । उनको उपन्यास दी सटानिक भर्सेसलाई लिएर उनीमाथि मृत्युदण्डको सजाय आएको थियो ।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले इरानी सञ्चार माध्यमहरूले आक्रमणमा खुसी प्रकट गरेको जनाउँदै त्यसलाई निन्दनीय बताएका थिए ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले तेहरानले ‘स्पष्ट रूपमा’ आक्रमणसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गर्दै इस्लामिक गणतन्त्र इरानलाई आरोप लगाउने अधिकार कसैसँग नभएको बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा धर्मको अपमान गर्नुको औचित्य नभएको उनले बताए ।

‘यस आक्रमणमा हामी सलमान रुस्दी र उनका समर्थकबाहेक अरू कसैलाई दोष र निन्दाको योग्य मान्दैनौँ’, प्रवक्ताले तेहरानमा आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १४:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीवार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने

काठमाडाैं । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गार्डहरूले

काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४