२१ आश्विन २०७९, शुक्रवार

लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट

२०७९,श्रावण,३०,सोमवार १४:४८

171
Shares

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन ।

आमिर यो फिल्मका लागि पछिल्लो चार वर्षयता तयारीमा थिए । यो फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ उनीप्रति दर्शक आक्रोशित भए । रोचक कुरा के छ भने यो फिल्मको भारतमा जति विरोध भइरहेको छ, विदेशमा भने फिल्मले उति नै प्रशंसा पाइरहेको छ ।

फिल्मले भारतमा मन्द व्यापार गरिरहे पनि यसले विस्तारै पिकअप लिनेमा फिल्मकर्मी आशावादी छन् । सुरुवाती दिनको तुलनामा पछिल्लो समयमा फिल्मको व्यापारिक आंकडा बढ्दै गएको छ । फिल्मले भारतमा पहिलो दिनमा ११ करोड ७० लाख, दोस्रो दिन सात करोड २६ लाख र तेस्रो दिन नौ करोडको व्यापार गरेको थियो ।

फिल्मले ओभरसिजमा पहिलो दिन ८ दशमलब २० करोड, दोस्रो दिन १३ दशमलब ४० करोड, तेस्रो दिन ९ दशमलब ४० करोड र चौथो दिन १३ दशमलब २५ करोडको कमाइ गरेको थियो । यो आंकडाअनुसार फिल्मले विदेशमा करिब ४३ दशमलब २५ करोडको व्यापार गरिसकेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई

काठमाडौँ । यसपटकको दसैँमा लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलको घरमा टीका छैन । घरमा टीका लगाउन नमिल्ने भए पनि

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४