२१ आश्विन २०७९, शुक्रवार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक जारी, विभिन्न प्रतिवेदनमाथि छलफल हुँदै

२०७९,श्रावण,३०,सोमवार १४:१६

54
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य समितिको बैठक सुरू भएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक सुरू भएकाे हाे । बैठकमा पार्टी अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचमा केन्द्रित हुन पार्टी पंक्तिमा आग्रह गरेका छन् ।

थापाले मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाइ राखेका छन् । उनले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् । आजदेखि दुई दिनसम्म चल्ने बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा छलफल हुनेछ ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालयसम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षणसम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन, प्रदेश अध्यक्षहरूले प्रदेशगत प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १४:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय

काठमाडौं । नेकपा एमालेले बारामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीवार बिहान जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा

काठमाडौं । सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस भित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेकाे शेखर कोइराला समूहको भेला दिउँसो २ बजे बस्ने भएको छ ।

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५
कैलालीमा भारी वर्षा, अधिकास स्थान जलमग्न
 २०७९,आश्विन,२०,बिहीवार १८:०२