माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको स्थायी समिति बैठक भोलि बिहानसम्मलाई स्थगित भएको हो ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार शीर्ष नेताहरू व्यस्त भएकाले बैठक भोलि (मंगलबार) बिहान ८ बजेका लागि सारिएको हो । बैठकमा मंसिर ४ मा हुने चुनाव, पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?