२१ आश्विन २०७९, शुक्रवार

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन

२०७९,श्रावण,३०,सोमवार १३:४६

54
Shares

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् । बौगिन भिल्ला इभेन्टसमा सम्पन्न साधारण सभाले बोगटीलाई तीन वर्षको लागि अध्यक्षमा चयन गरेको हो । साधारण सभाले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघको कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा दिल कुमार विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् । त्यसै, गरी सदस्यहरुमा प्रमेश विसुन्के, राजन रम्तेल, योगश कुमार नेपाली, राजुन नेपाली (मिजार) र रोशन रोक्का रहेका छन् ।

नेपाल छाला जुत्ता उत्पादक संघका निवर्तमान अध्यक्ष बासु रोक्का (नेपाली) को अध्यक्षमा भएको साधारण सभाको प्रमुख अथितिमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा रहेका थिए ।

त्यसैगरी, कार्यक्रममा व्यापार तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत मेघनाथ रिजाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ र नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४