मार्क जुकरवर्गलाई रोनाल्डोले उछिने

लोकपथ
754
Shares

विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको फेसबुक फलोअर्स कति होलान् ? अनि फेसबुकका निर्माता मार्क जुकरवर्गको नि ? तपाईंलाई लाग्यो होला निश्चय नै जुकरवर्गको फलोअर्स बढी छन् । तर, अनुमान गलत । पोर्चुगलका फुटबलर रोनाल्डोले जुकवर्गलाई उछिनेका छन् ।

फेसबुकका निर्माता जुकरबर्गको फेसबुकमा ११९ मिलियन फलोअर्स रहेका भने यो सामग्री तयार पार्दासम्म रोनाल्डोको १ सय ५२ मिलियन फलोअर्स रहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जाल मानिसको अभिन्न अंग जस्तै भइसक्यो । त्यसमध्ये पनि फेसबुक त प्रिय मित्र नै बनेको छ । जसलाई यो एप्लिकेसन डाउनलोड भएको संख्याले पुष्टि गर्छ ।

संसारभर प्रयोगकर्ता रहेको फेसबुकलाई हालसम्म ५ बिलियनभन्दा बढीले डाउनलोड गरेका छन् । के कलाकार, के राजनीतिज्ञ, के खेलाडी, के व्यापारी-व्यवसायी । सबैको सुख दुःख साट्ने थलो यही फेसबुक बनेको छ । उसो त चर्चित व्यक्तिहरुको फेसबुकका फलाअर्स संख्याले बेला–बेलामा राम्रै चर्चा पाउँछ ।

आज हामी पनि त्यही चर्चाको कुरा गर्दैछौं । सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दैगर्दा मार्क जुकबर्गले फेसबुकको विकास गरे । अहिले फेसबुकमा हजारौं मानिसले रोजगारी पाएका छन् ।

३३ वर्षीय जुकरबर्ग विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन् । उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो । फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ । विश्वभर एकसाथ १५० करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन् । साइटलाई लोकप्रिय बनाउनका लागि जुकरवर्गले ११ जना फेसबुक विशेषज्ञको टोलीलाई परिचालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?