१० आश्विन २०७९, सोमवार

अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष पूरा

२०७९,श्रावण,३०,सोमवार १३:२८

153
Shares

काठमाडौं । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो ।

तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाएको छ । तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन् ।

ठ्याक्कै एक वर्षअघि कट्टरपन्थी इस्लामवादीहरूले काबुल कब्जा गरेपछि सरकारी सेनाविरुद्धको राष्ट्रव्यापी आक्रमणले अमेरिकी नेतृत्वको २० वर्ष लामो सैन्य हस्तक्षेपको अन्त्य गरेका थिए ।

‘हामीले जिहादको दायित्व पूरा गर्‍यौँ र हाम्रो देशलाई स्वतन्त्र गर्‍यौँ’ गत वर्ष अगस्ट १५ मा काबुलमा प्रवेश गरेका लडाकु नियामातुल्लाह हेक्मतले तत्कालीन राष्ट्रपति असरफ घानीले देश छोडेको केही घण्टापछि भनेका थिए ।

अफगानिस्तानमा तैनाथ विदेशी फौजले ३१ अगस्टसम्म देश खाली गरेका थिए । विदेशी फौजको बहिर्गमनसँग हजारौँ सर्वसाधारण अफगानी देश छाड्न विमानस्थलमा पुगेका थिए । उनीहरूमध्ये कतिपय केही भाग्न सफल भए भने कोहीलाई तालिबानले विमानस्थलबाट फर्काएका थिए ।

हवाइ अड्डामा भीडको तस्बिरहरू, विमानमाथि चढेको र अमेरिकी सैन्य कार्गो विमानबाहिरै टाँसिएको दृश्यसहितका समाचारले संसारभरका मानिसको ध्यान केन्द्रित भएको थियो ।

तालिबान सत्तामा आएपछि अधिकांश महिलाको अधिकार कटौती भएको छ । सत्तामा आएपछि लामो समयसम्म तालिबानले बालिकालाई विद्यालय जानबाट रोक लगाएको थियो । त्यस्तै, महिला सरकारी कर्मचारीलाई पनि महिनौँसम्म घरमै बेतलबी बिदामा बस्न बाध्य पारेको थियो ।

आफ्ना अधिकार कटौती भएको विरोधमा महिलाहरूले प्रदर्शन गर्दै आएका छन् ।

तालिबान सत्तामा पुगेपछि यसअघि दातृ निकायले दिँदै आएको ऋण र सहयोग पनि कटौती गरेका छन् । राष्ट्रसंघका अनुसार अफगानस्तानको ठूलो जनसंख्या भोकमरीको जोखिममा छ ।

एजेन्सी

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १३:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ । इरान सरकारको विरोधमा फ्रान्सको राजधानी

न्युयोर्क । अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ ।

काठमाडौं । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको । दुर्घटनामा करिब दुई

मुम्बई । बाल कलाकारका रूपमा शफीक सैयदले फिल्म ‘सलाम बम्बे’ मा अभिनय गरे । फिल्ममा उनीसँगै रघुवीर यादव, इरफान खान

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८