पार्टीमा कसैलाई काखा र पाखा हुँदैन, उम्मेदवारलाई जिताउने गरी लाग्नुस् : देउवा

लोकपथ
143
Shares
बि. पी. स्मृति सामुदायिक सहकारी अस्पताल, बसुन्धराको १४ औँ वार्षिक साधारण सभामा शनिबार सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्न निर्देशन दिएका छन् ।

सोमबारदेखि ललितपुरको हेरिटेज गार्डेनमा सुरू भएको स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले सो निर्देशन दिएका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा आगामी प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका गठबन्धन गर्ने साझा सहमति बनिसकेको भन्दै सोही अनुसार लागि पर्न देउवाको निर्देशन छ ।

सो अवसरमा सभापति देउवाले गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको दाबी गरे । ‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ’, देउवाले भने ।’

देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट गर्दै जनता देशको मालिक भएको सम्झिन जनप्रतिनिधिहरूलाई आग्रह गरे । ‘साथीहरूले जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ’, उनले भने, ‘सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् ।’ उनले एमसीसीबारे जनतामा व्यापक भ्रम सिर्जना भएको बताउँदै त्यसलाई चिर्ने गरी लाग्नसमेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?