स्वतन्त्रता दिवसकै दिन भारतको इन्दौरमा बम विस्फोट : २ जनाको मृत्यु, १५ बढी घाइते

लोकपथ
156
Shares

काठमाडौं । भारतको मध्य प्रदेशको इन्दौरमा दुई पक्षबीचको झगडापछि बम विस्फोट भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार घटनामा दुई जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलमा तनाव बढेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । यो घटना इन्दौरको बडगोन्ड थाना क्षेत्रको बर्छा क्षेत्रमा भएको हो। प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ ।

बडगोण्ड थाना क्षेत्रको बेर्छा गाउँमा दुई पक्षबीच विवाद भएको थियो । त्यसपछि दुवै पक्ष आमनेसामने भएका थिए । त्यही क्रममा एक युवक बम बोकेर घटनास्थल पुगेका थिए । बम विस्फोट गर्ने युवकको पनि मृत्यु भएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?