१० आश्विन २०७९, सोमवार

७५ औँ स्वतन्त्रता दिवस : यसो भन्छन् कलाकारहरु

२०७९,श्रावण,३०,सोमवार १२:००

126
Shares

भारतले आज स्वतन्त्रताको उत्सव अर्थात् आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छौँ । ‘घर घर तिरंगा’ अभियान भारतभर चलिरहेको छ । उत्तर प्रदेश सरकारले पनि राज्यमा साढे चार करोड तिरंगा फहराउने कीर्तिमान कायम गर्ने घोषणा गरेको छ।

मुम्बईमा पनि जताततै ‘घर घर तिरंगा’ अभियान चलिरहेको छ । सडकको छेउमा, घरको छानामा र पसल अगाडि तिरंगा आफ्नो गौरवका साथ फहराइरहेको छ । बलिउडका स्टारहरुले पनि आज आफ्नो हिसाबले स्वतन्त्रता मनाइरहेका छन् ।

बलिउड स्टारहरुले स्वतन्त्रताको अवसरमा के भने ?

अमिताभ बच्चन :

स्वतन्त्रताको अवसरमा बलिउडका स्टार अमिताभ बच्चनले भनेका छन् । ‘भारतले स्वतन्त्रताको ७५ वर्षमा के हासिल गर्‍यो त्यो एउटा उदाहरण हो । देशले हरेक क्षेत्रमा प्रगति गरेको छ । चाहे त्यो आर्थिक प्रगति होस् वा अन्य क्षेत्रमा । ७५ वर्षमा स्वतन्त्रता पाएका विश्वका बाँकी देशहरूलाई हेर्नुभयो र यी ७५ वर्षमा भारतले के–के उपलब्धि हासिल गर्‍यो हेर्नुभयो भने थाहा हुन्छ भारतको स्थिति कस्तो छ रु यो सफलता यस क्षणको सबैभन्दा राम्रो अनुभूति हो। यी ७५ वर्षमा भारतले प्रगतिको शिखर चुम्यो ।

दीपिका चिखलिया :

दीपिका चिखलियाका अनुसार स्वतन्त्रताको अर्थ जिम्मेवारी हो । रामानन्द सागरको ‘रामायण’ मा सीताको भूमिका खेलेर चर्चित भएकी दीपिका चिखलिया भन्छिन्, ‘भारतको नागरिक हुनका लागि असल नागरिक बन्नु आवश्यक छ । राम्रो मान्छे, असल विद्यार्थी कसरी बन्ने, कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने त्यो व्यवसाय कसरी गर्ने । मलाई लाग्छ हरेक क्षेत्रमा जति जिम्मेवारी छ, त्यसको दुरुपयोग नगरौँ, आफ्नो जिम्मेवारी पूरा गर्नु नै मेरो लागि साँचो स्वतन्त्रता हुनेछ ।

अरूलाई सहयोग गरेर स्वतन्त्रताको महान् पर्व मनाउनुहोस् : सोनु सूद

कोभिडको समयमा गरिबको मसिहा बनेका थिए सोनु सुद, आज पनि उनी मानिसहरूलाई सहयोग गर्छन्। उनी भन्छन्, ‘स्वतन्त्रताको यो महान् पर्वलाई आफ्नो क्षमताअनुसार सहयोग गरेर मनाउनुहोस्, । तपाईं जुन स्थितिमा हुनुहुन्छ, मानिसहरूलाई मद्दत गर्न सक्नुहुन्छ। मेरो लागि स्वतन्त्रताको पर्व वर्षमा एक दिन होइन, हरेक दिन हो ।

वास्तविक ‘स्वतन्त्रता’ बाँकी नै छ

२२ वर्षदेखि जनताको सेवा गर्दै आएकी गायीका पलक मुछाल भन्छिन्, ‘धेरै क्षेत्रमा स्वतन्त्रता पाएका छौं, कतिपयमा भने पाउन बाँकी नै छ । म त्यो दिनको पर्खाइमा छु जब हामी जातीय विभेद, भ्रष्टाचार, रूढिवादी विचार, महिला अत्याचार, भोक र रोगबाट मुक्त हुनेछौं। म त्यो दिनको पर्खाइमा छु जब हामी पूर्ण रूपमा स्वतन्त्र हुनेछौं।’

स्वच्छ भारत नै स्वतन्त्रताको महापर्व : दृष्टि धामी

सानो पर्दाका धेरै सिरियलहरूमा काम गरिसकेकी दृष्टि धामी भन्छिन्, ुआजादी भनेको मेरो लागि स्वच्छ भारत हो। आज पनि जनताले आफ्नो जिम्मेवारी बुझेका छैनन् । यो तपाईको देश हो जसरी घर सफा राख्छौ, त्यसैगरी आफ्नो वरिपरि सफा राखेर देशको जिम्मेवार नागरिक बनौ ।

अभिनेता राजेन्द्र गुप्ता

अभिनेता राजेन्द्र गुप्ता भन्छन् । ‘हिन्दुस्तानमा धेरै भारतीयहरू बस्छन्। सबैका आ–आफ्नै समस्या छन् । आजाद त्यही जनता हुन्, जो सत्तामा छन् । आम मानिस कहिल्यै स्वतन्त्र थिएन, ऊ बाँच्नको लागि सास फेर्न पनि गार्हो छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार १२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको

काठमाडौं । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार

काठमाडौं । नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् । आगामी २५ अक्टोबर,

काठमाडौं । प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमवार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभ मुहूर्तसँगै

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८