तरुण दलद्वारा राष्ट्रपतिको राजीनामा माग

लोकपथ
52
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

राष्ट्रपति भण्डारीले राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने तरुण दलको माग गरेको छ । राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसकेको आरोप तरुण दलले लगाएको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्भभौमसत्ता सम्पन्न संसदबाट पास भइ प्रतिनिधि सभाका सभामुुखले प्रमाणित गरि प्रमाणीकरणको लागि राष्ट्रपति श्रीमति विधादेवी भण्डारी समक्ष पेश भएको नेपालको नागरिकता ऐन २०६३, लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति नेपाल तरुण केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले नागरिकता विधेयक प्रमाणीकरण नभई फिर्ता गरिनु नागरिकता बिहिन नेपाली जनतामाथिको अपमान भएको उल्लेख गरेको छ ।

यस्तो छ, जारी विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?