१२ माघ २०७९, बिहीवार

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

२०७९,श्रावण,३०,सोमवार ११:३९

108
Shares

काठमाडौं ।  एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् ।

चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । तर, गत साताको तुलनामा चिनिया गतिविधि न्यून छन् ।

जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउदै आएको छ ।

बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङको कम्युनिष्ट पार्टीसँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवानमा भागेको थियो ।

एजेन्सी

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार ११:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन्

सोमालिया । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका

काठमाडौं । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट

काठमाडौं । रुसविरुद्ध युक्रेनलाई प्याट्रियट मिसाइल डिफेन्स सिस्टम दिएपछि अब अमेरिकाले पनि युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६