अभियान लघुवित्तको आईपीओ बाँडफाँट

लोकपथ
221
Shares

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर आज बिहान ९ बजे निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका बाँडफाँट भएको हो।

संस्थाको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। १८ लाख ८७ हजार २१९ आवेदकको भने हात खाली भएको छ।

संस्थाको आईपीओमा १९ लाख ८० हजार ९७० आवेदकबाट कुल २ करोड १९ लाख १२ हजार ६७० कित्ता सेयर माग भएको थियो। जसमा १९ लाख ७८ हजार ५९४ आवेदकबाट परेको २ करोड १८ लाख ८७ हजार १०० कित्ता सदर भएको क्यापिटलले जनाएको छ। बाँकी २ हजार ३७६ आवेदकबाट परेको २५ हजार ५७० कित्ता सेयर बदर भएको छ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ निष्काशनकर्ता कम्पनी र बिक्री प्रबन्धक कम्पनीका वेबसाइटका साथै सीडीएससीको https://iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?