भारत : स्वतन्त्र भएदेखि अहिलेसम्म (हेर्नुहाेस् तस्बिर)

लोकपथ
286
Shares

स्वतन्त्रताको अर्थ भारतले भन्दा राम्रोसँग अरु कसले बुझ्न सक्छ। धेरै वर्षसम्म अंग्रेजको दास बनेर भारतले स्वतन्त्रता प्राप्त गरेको यो दिन इतिहासको पानामा सुनौलो अक्षरमा लेखिएको छ । अंग्रेजहरुविरुद्ध स्वतन्त्रता प्राप्त गर्न भारतलाई सजिलो भने थिएन।

भारतका धेरै वीरहरुले आफ्नो ज्यानको बलिदान दिएर देशलाई स्वतन्त्र बनाए । भारतले वर्षौंसम्म स्वतन्त्रताको सङ्घर्ष गर्‍यो । झाँसीकी रानी लक्ष्मीबाई, मंगल पाण्डेदेखि महात्मा गान्धी,चन्द्रशेखर आजाद र भगत सिंहसम्म हजारौं स्वतन्त्रता सेनानीहरूले स्वतन्त्र भारतको सपना पूरा गर्न जीवन बिताए।

अन्ततः १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भयो। स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नहरूले लाल किल्लाको पर्खालबाट भारतीय झण्डा फहराएका थिए । स्वतन्त्रताको ७५ वर्ष पूरा हुँदा भारतमा धेरै परिवर्तन भयो । हरेक वर्ष १५ अगस्टमा लाल किल्लाबाट झण्डा फहराइन्छ ।

स्वतन्त्रतापछिकाे भारत

तस्बिरमा भारतका अन्तिम वाइसराय लर्ड माउन्टबेटन छन्, जो भारतका नेताहरूसँग भेट गरेर सत्ता हस्तान्तरणको तयारी गरिरहेका छन्। यो तस्बिर भारत स्वतन्त्र हुनुभन्दा ११ दिन अघिको हो । दोस्रो तस्बिरमा भारतका प्रधानमन्त्री नरेन्द्र माेदीसहितकाे मन्त्रिपरिषद् बैठक सञ्चालन भइरहेकाे छ । उनीसँगै गृहमन्त्री र रक्षामन्त्री पनि छन् ।

यो तस्बिरमा स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री नेहरू र वर्तमान प्रधानमन्त्री मोदी देखिएका छन् । पहिलो तस्बिरमा पण्डित नेहरू घोडामा चढिरहेका छन् । उनी भारतको स्वतन्त्रतापछिको कांग्रेस कार्यसमितिको बैठकमा सहभागी हुन जाँदै गर्दाकाे तस्बिर हाे याे । त्यतिबेला प्रधानमन्त्रीको सुरक्षा आजको जस्तो थिएन । दोस्रो तस्बिरमा मोदी, जसको सुरक्षाका लागि एसपीजी, बुलेट प्रुफ गाडीसमेत छ ।

यो तस्बिरमा एकातिर नेहरू १४ अगस्टको साँझ संविधानसभालाई सम्बोधन गरिरहेका छन् । यो स्वतन्त्र भारत को पहिलो सम्बोधन थियो। दोस्रो तस्बिरमा भारतका वर्तमान प्रधानमन्त्री मोदी अगस्ट १५ मा दिल्लीको लाल किल्लाको प्राङ्गणबाट झण्डा फहराउँदै छन्।


यी दुवै तस्बिरको दृष्टिकोण र अर्थ एउटै छ, समयमात्र फरक हाे । पहिलो तस्बिर भारतको स्वतन्त्रतापछि तिरंगा फहराएको हो। स्वतन्त्रताको उत्सवमा भारतीयहरू ठूलो संख्यामा सहभागी भएका छन्। मानिसहरूले तिरंगालाई सलामी गरिरहेका छन्। भारतको स्वतन्त्रताको पहिलो विहानै मानिसहरु ठूलो संख्यामा इन्डिया गेटमा पुगेर स्वतन्त्रताको उत्सव मनाएका थिए । दोस्रो तस्बिर स्वतन्त्रताको धेरै वर्ष पछिको हो। स्वतन्त्रता दिवसमा मानिसहरु स्वतन्त्रता मनाउन आएका छन् । लाल किल्ला अगाडि परेड र झण्डा फहराइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?