कमल थापाद्वारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनुपर्ने लगायतको विषयलाई सम्वोधन गनुपर्ने लगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसदमा फिर्ता गरि दिएकी थिइन् । सो कदमलाई रापप्रा अध्यक्ष नेपालले स्वागत गरेका हुन् ।

‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन्, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ ।’

राष्ट्रपतिले विधेयक फिर्ता गरेको विषयलाई संघीय संसदले हठ गर्न नहुने पनि भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन् । ‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो । अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?