हलेदोले यसरी बढाउँछ तपाईको सुन्दरता, त्वचा बन्दछ चमकदार

हलेदो यस्तो प्राकृतिक मसला हो, जसको प्रयोगले खाना मात्र मीठो बनाउँदैन । यसले तपाईंलाई चमकदार पनि बनाउँछ । आफ्नो सुन्दर त्वचाको कसलाई आशा हुन्न र? तर मुहारमा देखिने धब्बा बाधक बनेर आइदिन्छन् । यस्तै कहिलेकाहीँ गर्मीका कारणले पनि छाला खराब हुने गर्छ ।

पुराना चोटका निशान या दागले पनि सुन्दरतामा समस्या ल्याइदिन्छ । तर हलेदोले यस्ता समस्याबाट छुटकारा पाउने सकिने वैज्ञानिकहरुले बताएका छन् ।

मुहारमा थप सुन्दरता ल्याउन हलेदोमा थोरै गुलाबको जल मिलाई पेस्ट बनाएर आफ्नो गर्दनमा र मुहारमा लगाउँदा मुहार चम्किलो बनाउँछ । यसो गरेर तपाईंले हप्तामा दुुई या तीनपटक लगाउन सक्नुहुन्छ ।

त्यस्तै हलेदो र दही मिसाएर लगाउँदा यसले मुहारको चम्किलो बनाउँछ । यसलाई बनाउनका लागि आधा चम्चा हलेदोको पाउडर (बेसार) मा १ चम्चा दही मिसाउनुस् । उक्त पेस्ट आफ्नो मुहारमा लगाएर १५ मिनेटजति सुक्न दिनुस् । त्यसपछि चिसो पानीले धुनुस् । यसो गर्दा मुहार झन् चम्किलो हुन्छ ।

त्यस्तै हलेदो, चन्दन र दूध मिलाई पेस्ट बनाएर लगाउँदा पनि मुहार सुन्दर हुन्छ । पेस्टलाई १० मिनेटजति लगाएर त्यसपछि चिसो पानीले मुख सफा गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?